Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आर्थिक अनियमिता रोक्न सरकार प्रतिबद्ध छ 


२८, असार २०८०
  • 217
    SHARES
  • आर्थिक अनियमिता रोक्न सरकार प्रतिबद्ध छ 

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक अनियमिता रोक्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध बताए ।

    अर्थमन्त्री  महतले  आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसंगको समन्वयमा मन्त्रालय अघि बढेको बताए । उनले मुलुकभित्र प्राकृतिक प्रकोप लगाएत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शिर्षकमा बजेट राखिएको बताउदै अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शिर्षकमा राखिएको बजेट पूर्णरुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पारे ।

    उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकतामा राखिएको बताए । अर्थमन्त्री  महतले लक्ष्य अनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केहि मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको धारणा राखे । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend