Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रम्प सरकारको गुप्तचर विभाग निर्देशकमा तुलसी गबार्ड


२९, कात्तिक २०८१
  • 252
    SHARES
  • ट्रम्प सरकारको गुप्तचर विभाग निर्देशकमा तुलसी गबार्ड

    काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् ।

    ट्रम्पको छनौटमा परेपछि गबार्डले ट्रम्पलाई धन्यवाद दिंदै काम गर्न तत्पर रहेको प्रतिक्रिया दिएकी छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईँको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि डोनाल्ड ट्रम्पलाई धन्यवाद । म तपाईंसँग काम गर्न तत्पर छु।’

    ४३ वर्षीया गबार्डलाई यो जिम्मेवारी दिँदै डोनाल्ड ट्रम्पले भनेका छन्, ‘काँग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नेल तुलसी गबार्डले राष्ट्रिय गुप्तचर (डीएनआई) निर्देशकको रूपमा काम गर्ने छन् भन्ने घोषणा गर्न पाउँदा म खुसी छु ।’

    होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी काम गरिसकेकी उनी एक दशकअघि लेफ्टिनेन्ट कर्नेल बनेर इराक युद्ध लडिसकेकी छन् । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि तुलसीले पदभार ग्रहण गर्नेछिन् ।

    डेमोक्रेटिक पार्टीबाट ४ पटक सांसद भइसकेकी तुलसी यसअघि बाइडेनको डेमोक्रेटिक पार्टीकी नेता थिइन् । उनी अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने पहिलो हिन्दु सांसद पनि हुन् ।

    दुई वर्ष पहिला डेमोक्रेटिक पार्टी छाडेर रिपब्लिकन पार्टी प्रवेश गर्नेक्रममा गबार्डले डेमोक्रेटिक पार्टी अभिजात वर्गको कब्जामा गइसकेको गम्भीर आरोप लगाएकी थिइन् ।

    उनले डेमोक्रेटिक पार्टीले इस्लाम चरमपन्थलाई रोक्न नसकेको आरोप समेत लगाएकी थिइन् । गबार्ड २०१६ मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेकी थिइन् । पछि उनले हिलारी क्लिन्टको सट्टा बर्नी स्यान्डर्सलाई समर्थन गरेकी थिइन् ।

    सन् २०२० मा पनि राष्ट्रपति पदका लागि डेमोक्रेटिक प्राइमरीको प्रतिस्पर्धामा सहभागी भइन् । पछि उनले बाइडेनलाई साथ दिइन् । सन् २०२२ पछि पार्टी छाडेपछि उनी फक्स न्युजमा जोडिइन् । उनी कैयौँ टेलिभिजन सोमा कार्यक्रम सञ्चालक समेत बनिन् ।

    सन् २०२२ को चुनावमा रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार प्रसारमा सहभागी भएकी थिइन् । अमेरिकी संसदमा रहँदा ओबामा र बाइडेन प्रशासनको निकै आलोचना गरेकी थिइन् । उनी उपराष्ट्रपति कमला ह्यारिसको पनि चर्को आलोचक हुन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend