Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द


२१, माघ २०८१
  • 151
    SHARES
  • अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द

    एजेन्सी - अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ ।

    विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो ।

    यूएसएआईडीका एक सयभन्दा धेरै कर्मचारीलाई गएको हप्तादेखि बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यूएसएआईडीका झण्डै ३० जना कर्मचारीले आफ्नो संस्थागत इमेलमा पहुँच गुमाएका छन् ।

    यस्तै अर्बपति व्यापारी एलोन मस्कले नेतृत्व गरेको संस्था डज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी) का प्रतिनिधिहरूलाई भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न कोसिस गरेका दुई सुरक्षा कर्मचारीहरूलाई पनि छुट्टीमा पठाइएको खबरमा उल्लेख छ ।

    अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई जिम्मेवारी दिनुभएको छ । मस्कले यूएसएआईडीलाई अपराधिक सङ्गठन भन्दै  यसको अन्त्य हुनुपर्ने टिप्पणी गर्नुभएको छ ।

    अमेरिकी कंग्रेसमा रहेका डेमोक्रेटिक पार्टीहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा यूएसएआईडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    उनीहरुले अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानूनी अधिकार नभएको भन्दै राष्ट्रपति ट्रम्पको यो कदमविरुद्ध कानूनी लडाईं लड्ने बताइरहेका छन् ।

    यूएसएआईडीले विश्वभरका विभिन्न देशमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend