Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काँग्रेस उपसभापति खड्काले गरे सभापति देउवाको कुशल प्रशंसा


२, साउन २०८०
  • 175
    SHARES
  • काँग्रेस उपसभापति खड्काले गरे सभापति देउवाको कुशल प्रशंसा

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाको कुशलताका कारण एमाले–माओवादी नेतृत्वको गठबन्धन भत्काएर आफ्नो दलको नेतृत्वमा नयाँ गठबन्धन बनाउन सकेको बताएका छन् । उनले सभापति देउवासहित नेताहरुको कुशलतापूर्वक कदमको कारण पार्टी संघ र प्रदेशमा सरकारको नेतृत्वमा फर्किएको बताए ।

    आजबाट शुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेट ल्याउने र सरकार सञ्चालनको सम्बन्धमा सभापति देउवासहित नेताहरुको सल्लाहमा नै काम गरिरहेको स्पष्ट पारे । उनले आफूहरुले आम मतदाताहरुको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।

    उपसभापति खड्काले काम गर्दाको यो साँढे तीन महिनाको अवधिका कमिकमजोरी भए सुझाव दिन पनि आग्रह गरे । उनले अहिले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थामा रहेको सुनाउँदै सरकारले ऋणात्मक अवस्थामा काम गरिरहेको बताए । सरकारले अर्थतन्त्र सुधार गर्ने कोशिस गरिरहेको भन्दै बजेट निर्माण गर्ने सम्बन्धमा कतिपय सन्दर्भमा अप्ठ्यारोहरु भएको नेता खड्काको भनाई छ । उनले सकारात्मक सोचका साथ मुलुकको यथार्थलाई साथमा राखेर बजेट ल्याईएको जिकिर गरे ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend