Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

न्याय सम्पादन प्रभावकारी बनाउन अनुसन्धान र अभियोजनमा प्रविधिको प्रयोग आवश्यक: प्रधानमन्त्री ओली


३०, जेठ २०८२
  • 93
    SHARES
  • न्याय सम्पादन प्रभावकारी बनाउन अनुसन्धान र अभियोजनमा प्रविधिको प्रयोग आवश्यक: प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रविधि प्रयोगसहित प्रमाणमूलक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अन्याय न्यूनीकरण र सामाजिक सुप्रबन्ध कायम गर्न गहिरो अनुसन्धान, अध्ययन तथा समयानुकूल कानुन निर्माण अपरिहार्य रहेको उल्लेख गरे।

    "प्रमाणहरू यस्ता हुनुपर्छ जसले दुविधारहित रूपमा न्याय सम्पादनमा सहयोग पुर्‍याओस्," प्रधानमन्त्री ओलीले भने, "प्रहरीमा निष्पक्षता, पारदर्शिता र स्वच्छता हुनुपर्छ। सरकार स्रोत, साधन र सेवा–सुविधाको व्यवस्था गर्न प्रतिबद्ध छ।"

    उनले प्रविधिको सहायताले अपराध नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अपराधीहरूले नयाँ प्रविधिको प्रयोग गरेर अपराध लुकाउने प्रयास गर्ने भएकाले प्रहरीको अनुसन्धानसमेत समयसापेक्ष र त्रुटीरहित हुनुपर्ने बताए।

    गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउने कार्यमा सबै निकाय गम्भीर हुनुपर्ने धारणा राखे।

    प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित दुई दिने सम्मेलनले अनुसन्धान र अभियोजन सुधारका सन्दर्भमा महत्वपूर्ण निष्कर्षसहित घोषणापत्र जारी गर्ने बताइएको छ।

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend