Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

एयर इण्डिया विमान दुर्घटनाप्रति सभापति देउवाको दुःख व्यक्त


३०, जेठ २०८२
  • 105
    SHARES
  • एयर इण्डिया विमान दुर्घटनाप्रति सभापति देउवाको दुःख व्यक्त

    काठमाडौँ । भारतको अहमदाबादबाट लण्डनका लागि उडेको एयर इण्डियाको विमान दुर्घटनामा परी चालक दलका सदस्यसहित २४१ यात्रुको मृत्यु भएको घटनाले विश्वभर शोकको छायाँ फैलिएको छ।

    यस मर्माहत दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। सभापति देउवाले दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगलले बेहोर्नुपरेको मानवीय क्षतिप्रति गहिरो सहानुभूति प्रकट गर्दै उक्त मुलुकहरूका सरकार र जनतालाई ऐक्यभाव प्रकट गरेका छन्।

    उनले दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चीरशान्तिको कामना गरेका छन्। साथै, पीडित परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गरेका छन्। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल प्रेस विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

  • हिरो बन्ने सपना थियो, जीवन बचाउने पाइलट बने : क्याप्टेन विवेकको आकाशयात्रा

    काठमाडौं । बाल्यकालमा उनको सपना थियो-पर्दामा देखिने हिरो बन्ने। तर जीवनले उनको कथा अर्कै ढंगले

  • अब हरेक नेपालीको आफ्नै घर? संसद्मा पुग्यो नयाँ भवन ऐन: प्रधानमन्त्री

    काठमाडौं । सरकारले हरेक नेपाली नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को

  • अमेरिका पुगे अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि एफएटीएफसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend