Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका


१७, असोज २०८३
  • 68
    SHARES
  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गरिनेछ।

    निर्वाचन समितिका सदस्य–सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिले आफ्नो मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ।

    मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेस महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। विभिन्न पदका आकांक्षीहरूले यसअघि नै उम्मेदवारी घोषणा गर्ने क्रमलाई तीव्र बनाउँदै आएका छन्।

    केन्द्रीय निर्वाचन समितिले उम्मेदवार बन्न इच्छुक महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र राष्ट्रिय सभा गृहमा पुगेर मनोनयनपत्र दर्ता गर्न आग्रह गरेको छ।

    निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनसम्बन्धी अन्य विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गर्ने जनाएको छ। मनोनयन दर्ता सुरु भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया थप निर्णायक चरणमा प्रवेश गर्ने भएको छ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • कांग्रेस १५औँ महाधिवेशन : जुझारु युवा नेता लेखनाथ पोखरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी

    नेविसंघको नेतृत्वदेखि स्थानीय तहको जिम्मेवारीसम्मको अनुभव बोकेका पोखरेलद्वारा नीति, विचार र संगठन सुदृढीकरणमा सक्रिय भूमिकाको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend