Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी


१७, असोज २०८३
  • 313
    SHARES
  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। युवाको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।

    सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय सुवेदी व्यवसायसँगै राजनीतिक गतिविधिमा समेत निरन्तर क्रियाशील रहँदै आएका छन्। उनले डिप्लोमा इन्जिनियरिङ अध्ययन गरेका छन् भने राजनीतिशास्त्रमा स्नातक तहको शिक्षा हासिल गरेका छन्।

    कांग्रेसको १५औँ महाधिवेशनका लागि कालिकोटबाट सर्वसम्मत निर्वाचित सुवेदी पार्टीभित्र सुरुदेखि नै सभापति गगन थापानिकट युवा नेताका रूपमा परिचित रहेको बताइन्छ। उनको परिवार लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै आएको छ। परिवार २०५४ सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेको सुवेदीको भनाइ छ।

    माओवादी द्वन्द्वको कठिन समयमा समेत आफ्नो परिवार कांग्रेसको विचार र संगठनसँगै उभिएको उनले बताएका छन्। कालिकोटबाट महाधिवेशन प्रतिनिधि हुँदै सर्वसम्मत चयन हुनु आफ्नो परिवारको कांग्रेस राजनीतिक यात्रामा महत्वपूर्ण उपलब्धि भएको सुवेदीको बुझाइ छ।

    सुवेदी आगामी २०८२ फागुन २१ गते हुने आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा समेत सिफारिस भएका छन्। युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण र जिल्लाको राजनीतिक प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उनले कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजेका छन्।

    कालिकोटबाट सर्वसम्मत चयन भएर केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेसँगै सुवेदीको राजनीतिक यात्रालाई जिल्लाको युवा पुस्ताको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेस १५औँ महाधिवेशन : जुझारु युवा नेता लेखनाथ पोखरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी

    नेविसंघको नेतृत्वदेखि स्थानीय तहको जिम्मेवारीसम्मको अनुभव बोकेका पोखरेलद्वारा नीति, विचार र संगठन सुदृढीकरणमा सक्रिय भूमिकाको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend