Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

‘१२ गाउँ २’ को ‘लालीगुराँस’मा समीर–कृशुको प्रेमिल जोडी


१७, असोज २०८३
  • 48
    SHARES
  • ‘१२ गाउँ २’ को ‘लालीगुराँस’मा समीर–कृशुको प्रेमिल जोडी

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ को नयाँ गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ। प्रेम, प्रकृति र समर्पणलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर रहेको छ।

    युग भुसालको शब्द तथा संगीत रहेको ‘लालीगुराँस’ प्रेमिल भावनाले भरिएको गीत हो। गीतमा प्रकृतिलाई प्रेमको बिम्बका रूपमा प्रस्तुत गर्दै एकअर्काप्रतिको चाहना, समर्पण र आत्मीयतालाई अभिव्यक्त गरिएको छ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीलाई रोमान्टिक अवतारमा देखाइएको छ। उनीहरूको नृत्य तथा भावभंगिमाले गीतको प्रेमिल भावलाई थप आकर्षक बनाएको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

    बिराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ २’ असोज ३० गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा समीर भट्ट र कृशु शाहीसँगै बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

    चलचित्रमार्फत कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलले गरेका छन्।

    चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन तथा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ। द्वन्द्व निर्देशन सिल्भा र शंकर महर्जनले गरेका छन्। चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।

  • राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’का अग्रणी नायिकालाई सम्मान

    काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र

  • दोस्रो हप्तामा प्रवेश गर्दै ‘बाः एक योद्धा’, सात दिनमा १ करोड ११ लाख ग्रस कलेक्सन

    काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बाः एक योद्धा ले बक्सअफिसमा विस्तारै गति

  • हुम्लाबाट कलाकारिताको यात्राः मोडलिङ र अभिनयमा आरती बुढाको निरन्तर संघर्ष

    काठमाडौं । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट कलाकारिताको यात्रा सुरु गरेकी आरती बुढा यतिबेला नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend