Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

दोस्रो हप्तामा प्रवेश गर्दै ‘बाः एक योद्धा’, सात दिनमा १ करोड ११ लाख ग्रस कलेक्सन


१६, असोज २०८३
  • 56
    SHARES
  • दोस्रो हप्तामा प्रवेश गर्दै ‘बाः एक योद्धा’, सात दिनमा १ करोड ११ लाख ग्रस कलेक्सन

    काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बाः एक योद्धा’ ले बक्सअफिसमा विस्तारै गति लिन थालेको छ । प्रदर्शनको पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्रले सात दिनमा १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।

    चलचित्रले सात दिनमा ४० हजार ८२३ दर्शक हलसम्म तानेको बताइएको छ । सुरुआती दिनको तुलनामा पछिल्ला दिनमा दर्शकको चाप बढ्दै गएपछि चलचित्र शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको हो ।

    चलचित्रका प्रमुख कलाकार दिव्यदेवले ‘बाः एक योद्धा’को व्यापारलाई विद्युतीय (ईभी) गाडीसँग तुलना गरेका छन् । पेट्रोल वा डिजेल गाडीझैँ एकैपटक गति नलिए पनि चलचित्रले विस्तारै आफ्नो गति बढाउँदै गएको उनको भनाइ छ ।

    दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेकाले शोहरूमा पनि दर्शकको उपस्थिति बढ्दै गएको निर्देशक हरि लम्सालले बताए । उनका अनुसार चलचित्र हेरेपछि दर्शकले परिवारका अन्य सदस्यलाई समेत चलचित्र हेर्न आग्रह गरिरहेको प्रतिक्रिया पाइरहेका छन् ।

    “हरेक दिन सिनेमाको व्यापार बढिरहेको छ । चलचित्र हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई सिनेमा हेर्न पठाउने बताइरहनुभएको छ,” निर्देशक लम्सालले भने, “यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौँ ।”

    सकारात्मक ‘वर्ड अफ माउथ’का कारण दोस्रो सातामा दर्शकको संख्या थप बढ्ने अपेक्षा निर्माण पक्षको छ । चलचित्रको माग बढ्दै गएपछि हलहरूले पनि शो संख्या विस्तार गरिरहेका छन् । वितरकका अनुसार देशभर चलचित्रले एक सयभन्दा बढी शो पाएको छ ।

    ‘बाः एक योद्धा’को कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र दुःखसम्मका विषय चलचित्रमा प्रस्तुत गरिएको छ ।

    चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

    हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । कथा तथा पटकथा पनि लम्सालकै रहेको चलचित्रका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन् ।

  • ‘१२ गाउँ २’ को ‘लालीगुराँस’मा समीर–कृशुको प्रेमिल जोडी

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र १२ गाउँ २ को नयाँ गीत लालीगुराँस सार्वजनिक भएको छ।

  • राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’का अग्रणी नायिकालाई सम्मान

    काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र

  • हुम्लाबाट कलाकारिताको यात्राः मोडलिङ र अभिनयमा आरती बुढाको निरन्तर संघर्ष

    काठमाडौं । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट कलाकारिताको यात्रा सुरु गरेकी आरती बुढा यतिबेला नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend