Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

संघीयताको कार्यान्वयनका लागि संघको अधिकार प्रदेशमा हस्तान्तरण गर्नुपर्छः कांग्रेस नेता अमरसिंह पुन


१८, असार २०८२
  • 473
    SHARES
  • संघीयताको कार्यान्वयनका लागि संघको अधिकार प्रदेशमा हस्तान्तरण गर्नुपर्छः कांग्रेस नेता अमरसिंह पुन

    काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले संघीयता कार्यान्वयनमा ठोस प्रगति गर्न संघको अधिकार प्रदेशमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

    बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको तेस्रो दिनको बैठकमा आमन्त्रित सदस्यको हैसियतमा धारणा राख्दै उनले पार्टीले संघीयताको पूर्ण कार्यान्वयनका लागि अग्रसर भूमिका लिनुपर्ने बताए। “पार्टीको तर्फबाट संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा संघको अधिकार प्रदेशमा हस्तान्तरण गर्न आवश्यक पहल कदमी लिन आवश्यक छ,” पुनले बैठकमा भने ।

    उनले जनप्रतिनिधिहरूलाई पार्टीप्रति अझ उत्तरदायी र जवाफदेही बनाउन तहगत पार्टी संरचनालाई सरकार गठन, निर्देशन तथा मूल्यांकन गर्ने अधिकार दिनुपर्ने धारणा पनि व्यक्त गरे । राजनीतिक नियुक्तिमा पारदर्शिता र कार्यकर्ताको सम्मान आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “मनोमानी तरिकाले मनोनयन तथा नियुक्तिले पार्टी संगठनमा लामो समयदेखि सक्रियता र योगदान दिइरहेका साथीहरूमा चरम निराशा र वितृष्णा आएको छ ।”

    पुनले पार्टीको केन्द्रीय तथा प्रदेश विभागमा नियुक्ति गर्दा जिल्लाबाट सिफारिस भएको नामका आधारमा मनोनयन गर्न आग्रह गरे, जसले कार्यकर्तामा भरोसा र उत्साह पुनःस्थापित गर्न सहयोग पुग्ने उल्लेख गरे ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend