Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको पदस्थापन कार्यक्रम सम्पन्न


१९, असार २०८२
  • 277
    SHARES
  • अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको पदस्थापन कार्यक्रम सम्पन्न

     बुटवल । नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनपश्चात् गठित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार बुटवलको होटल एशियन पार्टी प्यालेस, इट्टाभट्टीमा उत्साहपूर्वक सम्पन्न भएको छ ।

    बुधवार बुटवलमा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस अर्घाखाँचीका सभापतिले कार्यसमितिका पदाधिकारीहरूलाई बधाई दिँदै बढ्दो भ्रष्टाचार, गुटबन्दी र अनैतिक आचरणप्रति कडा असन्तुष्टि व्यक्त गरे । उनले भने, “कांग्रेसको मूल मूल्य मान्यता नै सादगी, शुद्धता र जनप्रतिनिधित्व हो। यी मूल्यहरूमाथि कुठाराघात गर्ने जसलाई पनि पार्टीले संरक्षण दिनुहुन्न ।”

    लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले सम्पर्क समितिहरू पार्टीको मेरुदण्डसरह भूमिका निर्वाह गर्ने भएकाले तिनको सक्रियता र जवाफदेहीताले संगठनलाई मजबुत बनाउने बताइन् । “गाली–गलौज गरेर, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको खेती गरेर होइन, जनताको विश्वास जित्ने काम गरेर मात्र कांग्रेस बलियो बन्छ,” नेता क्षेत्रीले भनिन् ।

    कांग्रेस महासमिति सदस्य समेत रहेकी क्षेत्रीले सम्पर्क समितिका नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिँदै पार्टी नीति, विचार र आचरणप्रति प्रतिबद्ध रहन आग्रह गरिन्। “हामीले जनता समक्ष भरोसा बनाउने हो भने हाम्रो बोली, चालचलन र व्यवहारमा अनुशासन र समर्पण झल्किनैपर्छ,” उनले थपिन् ।

    कार्यक्रममा अर्घाखाँची–रुपन्देही सम्पर्क समितिका निवर्तमान अध्यक्ष तुल्सी भुसालले नयाँ कार्यसमितिलाई बधाई दिँदै विगतमा गरिएको कार्यको समीक्षा गर्दै अबको कार्यकाललाई अझ प्रभावकारी बनाउने दिशामा अग्रसर हुन आग्रह गरे। “पार्टीलाई जिउँदो राख्ने काम कार्यकर्ताहरूले गर्छन्, ती कार्यकर्ताको भावना र आशालाई सम्बोधन गर्दै सम्पर्क समितिले जिम्मेवारी पूरा गर्नुपर्छ,” भुसालले जोड दिए ।

    कार्यक्रममा सहभागी सबै वक्ताहरूले सम्पर्क समितिको भूमिकालाई राजनीतिक चेतना फैलाउने, पार्टी–जनता सम्बन्ध सुदृढ गर्ने र युवालाई सक्रिय बनाउने दिशामा केन्द्रित गर्न सुझाव दिएका थिए। त्यसैगरी समितिका नवनिर्वाचित अध्यक्ष टिकाराम बन्जाडेले पार्टीको नीतिनियमलाई अक्षरस पालना गर्दै जिल्लाबासीको हितमा आफु जतिबेला पनि साथमा रहने प्रतिबध्दता जाहेर गरेका थिए। जेष्ठ २४ गते सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा टिकाराम बन्जाडेको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

    उपाध्यक्षहरूमा विनोद घिमिरे, लोकनाथ पोख्रेल, नमकला बेल्बासे, सचिवहरूमा चन्द्रमणी भुसाल, पदम घिमिरे, भरतमणि घिमिरे, सह–सचिवहरूमा सुर्य पौडेल, लक्ष्मण बेल्बासे, गुणानिधी खनाल, गोपाल पौडेल, कोषाध्यक्षमा सुर्य खनाल र सह–कोषाध्यक्षमा बबिता भुसाल रहेका छन् ।

    त्यसैगरी सदस्यहरूमा शिव प्रसाद पोख्रेल, क्याप्टेन झविन्द्र घिमिरे, कमलेस गौतम, लक्ष्मी श्रेष्ठ, लक्ष्मण रेग्मी, भोजराज भुसाल, भगवता बेल्बासे, समिता कार्की, निरन्जन गौतम, चन्द्रकान्त आचार्य, हेमन्तराज मरासिनी, गिता बन्जाडे, पिताम्बर भटराई, बाबुराम बेल्बासे, विष्णु बहादुर बस्नेत, भोजराज पाण्डे, कृष्ण प्रसाद पाण्डे, माधव प्रसाद खनाल, अर्जुन गौतम, अर्जुन पोख्रेल, प्रकाश घिमिरेलगायत ३९ जना रहेका छन् । अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको पदस्थापन कार्यक्रम निर्वाचन संयोजक माधव भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ठाकुर घिमिरेले गरेका थिए ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend