Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

०८४ को चुनावका लागि काँग्रेस तयार छैन’ – नेता साउदको चेतावनी


२२, असार २०८२
  • 164
    SHARES
  • ०८४ को चुनावका लागि काँग्रेस तयार छैन’ – नेता साउदको  चेतावनी

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउदले आउँदै गरेको २०८४ सालको निर्वाचनका लागि पार्टी हालसम्म तयारी अवस्थामा नरहेको बताउँदै गम्भीर चिन्ता व्यक्त गरेका छन्। आइतबार ललितपुरको सानेपामा भइरहेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले संगठनात्मक कमजोरी, पार्टीको आधार तह कमजोर हुनु, र संवेदनशील राजनीतिक भूमिका निर्वाह गर्न कांग्रेस असक्षम बन्न पुगेको औँल्याए ।

    पूर्व परराष्टमन्त्री साउदले, “हेर्दाहेर्दै ०८४ पनि नजिक आइपुगेको छ, तर काँग्रेस त्यसका लागि तयार छैन । गैर–काँग्रेस मतहरूबाटको दूरी बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो ।” उनले राजनीतिक दलहरू मात्र होइन, संविधानमाथि नै आक्रमण भइरहेको भन्दै कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्ने पक्षमा जोड दिए ।

    यसअघि पनि साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भनाउने छुट नभएको र २०७९ को जनादेशले पार्टीलाई राजनीतिक रूपमै मोटो आधार दिएको बताएका थिए। उनले “कांग्रेसले ०८४ कुर्नु होइन, अहिलेबाटै जनताको अपेक्षा अनुसार काममा कटिबद्ध हुनुपर्छ” भने ।

    यो टिप्पणीले कांग्रेसभित्र रणनीतिक तयारी र संगठनात्मक पुनर्संरचनाको आवश्यकता तीव्रता स्वरूप उजागर भएको छ। आगामी निर्वाचन तथा पार्टीको महाधिवेशन अगाडि साउदको यी सुझावहरूले आबश्यक सुधारका लागि दबाब कायम गर्ने अपेक्षा गरिएको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend