Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

नेकपा (एमाले) को विधान महाधिवेशन सन्दर्भमा जनसंगठनहरूको विस्तारित भेला सम्पन्न


२६, असार २०८२
  • 201
    SHARES
  • नेकपा (एमाले) को विधान महाधिवेशन सन्दर्भमा जनसंगठनहरूको विस्तारित भेला सम्पन्न

    ललितपुर । नेकपा (एमाले) को आगामी विधान महाधिवेशनको तयारी सन्दर्भमा आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहलमा जनसंगठनहरूको विस्तारित भेला सम्पन्न भएको छ ।

    भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो। भेलाले संगठन सुदृढीकरण, विधान संशोधनका आवश्यक प्रस्तावहरू, जनसंगठनहरूका भूमिका र भावी रणनीतिबारे छलफल गरेको एमाले स्रोतले जनाएको छ ।

    कार्यक्रममा पार्टीसँग आवद्ध विभिन्न २८ भन्दा बढी जनसंगठनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले विधान महाधिवेशनलाई सफल बनाउने सन्दर्भमा आ–आफ्नो प्रतिबद्धता जनाएका थिए ।

    भेलामा बोल्ने नेताहरूले जनसंगठनहरूलाई संगठनात्मक, विचारधारात्मक र व्यवहारिक दृष्टिले अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। विधान महाधिवेशनमा केन्द्रीय विषय बनेका संरचना, नेतृत्व चयन प्रक्रिया, सदस्यता र अनुशासन सम्बन्धी धाराहरूमा सुझावहरू समेत प्रस्तुत गरिएको थियो ।

    नेकपा (एमाले) ले छिट्टै केन्द्रीय समितिको बैठकमार्फत महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend