Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

सिपयुक्त युवा, राष्ट्रनिर्माणका नयाँ आधार : नेता महर


३१, असार २०८२
  • 177
    SHARES
  • सिपयुक्त युवा, राष्ट्रनिर्माणका नयाँ आधार  : नेता महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व युवा दक्षता दिवसको अवसर पारेर प्रधानमन्त्रीकै लाजिम्पाट काठमाडौँमा ‘युवा विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको छ ।

    नेता महरले देशको संरचनात्मक बेरोजगारी र अवसरको अभावका कारण युवा वर्गले विदेश पलायन गर्नु राष्ट्रिय विकासको प्रमुख चुनौती भएको बताउनुभयो। “सीपयुक्त अवसरको अभावमा मानवीय पुँजीको निरन्तर क्षयीकरणले हाम्रो भविष्य कमजोर बनाइरहेको छ, यो गम्भीर राष्ट्रिय यथार्थलाई हामीले नजरअन्दाज गर्न मिल्दैन,” उहाँले स्पष्ट गर्नुभयो ।

    महरले यस सन्दर्भमा युवा क्षमतालाई मात्र रोजगारका लागि होइन, आत्मनिर्भरता, उद्यमशीलता र राष्ट्रिय उत्पादकत्वका आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। कृषि, पर्यटन, सूचना प्रविधि र निर्माणजस्ता क्षेत्रहरूमा माग–आधारित सीपयुक्त तालिम मार्फत स्वदेशमै व्यावसायिक अवसर सिर्जना गर्न सक्नुपर्ने उहाँको धारणा रहेको छ ।

    उहाँले भनिरहनुभयो, “राज्य, निजी क्षेत्र र नागरिक समाजको सहकार्यमा सुदृढ पारिस्थितिक प्रणाली निर्माण गरेर दक्ष युवा उत्पादन गर्दै समृद्ध राष्ट्र निर्माणमा अघि बढ्नु नै आजको परम कर्तव्य हो।” नेपाली कांग्रेसभित्र ‘युवा सहभागिता, देशको आवश्यकता’ को अवधारणामा शिक्षा बहस क्रियाशील रहेको पनि महरले स्पष्ट गर्नुभयो ।

    महरले थप्नुभयो, “विश्व युवा दक्षता दिवसले हामी सबैलाई सीपयुक्त युवा निर्माण गरी समृद्ध राष्ट्र बनाउनै पर्ने एउटै साझा संकल्पतर्फ अग्रसर हुन प्रेरित गर्छ।” त्यसैले अब राजनीतिक दल, सरकार र नागरिक समाजले संयुक्त रुपले सिपमूलक नीति निर्माण र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको आग्रह छ ।

    यसअघि प्रकाशित सूचनामा उल्लेख भए अनुसार, नैनसिंह महरले दक्ष जनशक्तिको निरन्तर विदेश पलायन राष्ट्रिय विकासका लागि गम्भीर जटिल समस्या भएको बताउनुभएको थियो ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend