Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

मुख्यमन्त्री आचार्यको चुनौती : 'विज्ञापन दिएको प्रमाण ल्याउनुस्, फाँसी चढ्न तयार छु'


१८, साउन २०८२
  • 208
    SHARES
  • मुख्यमन्त्री आचार्यको चुनौती : 'विज्ञापन दिएको प्रमाण ल्याउनुस्, फाँसी चढ्न तयार छु'

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मिडियाप्रति आक्रामक शैलीमा प्रस्तुत भएका छन्। राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनीको शनिबार भएको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले कुनै मिडियालाई पक्षपाती व्यवहार नगरेको दाबी गरे ।

    "मैले कसैलाई विज्ञापन दिन भनेको प्रमाण ल्याउनुस्, म फाँसी चढ्न तयार छु," उनले स्पष्ट शब्दमा भने ।

    मुख्यमन्त्री आचार्यले १२ वटै जिल्लाका मिडियालाई समान दृष्टिले हेरेको र आफू मिडिया मैत्री रहेको पनि बताए। केही वक्ताले मिडियामा विभेद गरिएको आरोप लगाएका थिए, जवाफमा उनले "भए सबै मेरा आसेपासे हुन्, मेरो कुनै आसेपासे छैन" भन्दै प्रतिक्रिया दिए ।

    उनले लुम्बिनी सञ्चार समन्वय परिषदलाई अधिकार सम्पन्न बनाउन कानुन संशोधनको तयारी भइरहेको जनाउँदै मिडियाको सबलीकरणमा सरकार प्रतिबद्ध रहेको बताए ।

    कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष गोपाल ज्ञवालीलाई निवर्तमान अध्यक्ष नरेश केसीले पद हस्तान्तरण गरेका थिए ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend