Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

शीतल निवासमा गगनसँग ४ मिनेट बोले सुदन, ‘जेनजी आन्दोलनको उपलब्धी रक्षा गर्न सहयोग गर्नुस्’


३, असोज २०८२
  • 140
    SHARES
  • शीतल निवासमा गगनसँग ४ मिनेट बोले सुदन, ‘जेनजी आन्दोलनको उपलब्धी रक्षा गर्न सहयोग गर्नुस्’

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता सुदन गुरुङबीच शीतल निवासमा छोटकरी भेटवार्ता भएको छ।

    गुरुङले थापासँग जम्मा ३र४ मिनेटजति मात्रै कुराकानी गरेका भए पनि जेनजी आन्दोलनपछि प्राप्त उपलब्धीहरूको संरक्षणका लागि सहयोग गर्न आग्रह गरेका छन्।

    गुरुङका अनुसार, आफूले थापालाई आन्दोलनले जनधनको ठूलो क्षति पु¥याएको तर केही महत्वपूर्ण उपलब्धी पनि दिलाएको बताउँदै, त्यसलाई जोगाउन कांग्रेस नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने संदेश दिएका थिए। ‘त्यस्तो केही लामो कुरा भएन, मैले भनेँ – पुरानै पाराले अब हुँदैन।

    जेनजी आन्दोलनले ल्याएका उपलब्धीहरू रक्षा गर्न सहयोग गर्नुस्,’ गुरुङले भने। थापाले समेत आफू जेनजी आन्दोलनलाई नजिकबाट नियालीरहेको र पार्टीभित्र पनि त्यसकै भावनाअनुसार परिवर्तनका पहल भइरहेको जवाफ दिएको गुरुङको भनाइ छ।

    ‘उहाँले पार्टीभित्र जेनजीकै शैलीअनुसार अघि बढ्न काम भइरहेको बताउनुभयो,’ गुरुङले थपे। गुरुङले थापाबाहेक शीतल निवासमा अन्य नेतासँग भेटवार्ता नभएको स्पष्ट पारे।

     

     

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend