Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भीम प्रसाद ढुंगाना पुनः अध्यक्षमा निर्वाचित, अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा


इ खबर
११, असोज २०८२
  • 187
    SHARES
  • भीम प्रसाद ढुंगाना पुनः अध्यक्षमा निर्वाचित, अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा

    काठमाडौं – दक्षिण कोरियामा जारी यूनाइटेड सिटी एण्ड लोकल गभर्नेन्स एसियाप्यासिफिक (UCLG ASPAC) को सम्मेलनबाट नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। यस पदमा पुनः निर्वाचित हुनु नेपालका स्थानीय सरकार र नेतृत्वको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र स्वीकार्यता प्रतीक मानिएको छ ।

    ढुंगानाले यसअघि पनि यसै पदमा रहँदै नेपालका स्थानीय सरकारका आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउँदै आएका थिए। पुनः निर्वाचित भएपछि उनले नेपालको नगर विकास, सहकारी नेतृत्व र शहरी दिगोपनाबारे अझै दृढतापूर्वक प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    नेपाल नगरपालिका संघले यसलाई नेपालको गौरवपूर्ण उपलब्धि भनेको छ। संघका पदाधिकारीहरूको भनाइमा ढुंगानाको नेतृत्वले आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्य, अनुभव आदान–प्रदान र विकास साझेदारीलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास गरिएको छ ।

    स्थानीय तह सुदृढीकरण र विश्वव्यापी शहरी चुनौतीहरूको समाधानका लागि नेपाली प्रतिनिधि नेतृत्वद्वारा पाएको मान्यता नेपालको मात्र नभई सम्पूर्ण एसिया–प्यासिफिक क्षेत्रकै लागि महत्वपूर्ण कदम भएको विश्लेषणहरूको धारणा छ ।

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend