Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सागर डिस्टिलरी आईपीओमा २१ लाख आवेदकको हात खाली


इ खबर
१२, असोज २०८२
  • 184
    SHARES
  • सागर डिस्टिलरी आईपीओमा २१ लाख आवेदकको हात खाली

    काठमाडौं -  सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको (आईपीओ) सेयर बाँडफाँट भएको छ।

    ९ असोजसम्म आवेदन खुला गरिएको कम्पनीको साधारण सेयर आइतबार बाँडफाँट भएको हो।

    कम्पनीले ३० भदौदेखि ९ असोजसम्म सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीको उक्त सेयरका लागि कुल २२ लाख २७ हजार ५ सय ३ जनाले २ करोड ४२ लाख ८० हजार ५ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

    जसमध्ये २१ लाख ९३ हजार ८ सय २३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

    मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । कम्पनीको उक्त सेयर बाँडफाँटको नतिजा सीडीएससी आईपीओ रिजल्टमा गएर हेर्न सकिन्छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend