Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

ओलीलाई बौद्धिक परिषद्को सुझाव- महाधिवेशन नकुरी एमालेको सत्ता छाड्नू


इ खबर
१७, असोज २०८२
  • 199
    SHARES
  • ओलीलाई बौद्धिक परिषद्को सुझाव- महाधिवेशन नकुरी एमालेको सत्ता छाड्नू

    काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन पार्टीको सत्ता छाड्न आग्रह गरेको छ । 

    परिषद्ले सचिवालयको बैठक नै गरेर ओलीलाई एमालेको अध्यक्षबाट बिदा हुन सुझाव दिएको हो । परिषद्ले असोज १ गते सचिवालय बैठक बसी वर्तमान परिस्थितिमाथि निर्मम ढंगले समीक्षा गरी पार्टी नेतृत्वलाई सुझाव हस्तान्तरण गरेको हो । 

    पार्टी अध्यक्ष ओलीका नाममा सम्बोधन गरिएको सुझाव सम्बन्धी तीन पानाको तीन बुँदे पत्र परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको उनी निकट स्रोतले जनाएको छ । अध्यक्ष ओलीलाई नै सुझाव हस्तान्तरण गर्ने तयारी भएको भए पनि परिस्थिति प्रतिकुल भएकाले महासचिवलाई हस्तान्तरण गरिएको बुझिएको छ ।

    परिषद्ले सुझावको पहिलो नम्बरको बुँदामा नै ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशन समेत कुर्न नहुने बताएको छ । सुझावमा केन्द्रीय कमिटीबाटै विधान बमोजिम नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न भनिएको छ ।

    सुझावमा भनिएको छ, ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधीनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।’

    अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले सुन्न समेत नचाहेको कुरा परिषद्ले बैठक नै बसेर निर्णय गरी सुझावको रूपमा नेतृत्वलाई नै हस्तान्तरण गरेको हो । पार्टीको थिंक टयांक मानिने परिषद्ले घटना अघिको परिस्थितिको विश्लेषण गरी पार्टी र नेतृत्वलाई सुझाव दिन नसकेको आत्मसमीक्षा समेत गरेको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend