Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक सुरु


२४, असोज २०८२
  • 189
    SHARES
  • राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक सुरु

    काठमाडौं– राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की सहित सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सो बैठक आयोजना भएको हो ।

    बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका सबै मन्त्री र राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी भएका छन् । 

    बैठकमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महाममन्त्री गगन थापा, एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल र माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव सहभागी भएका छन् ।

    त्यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र शाही र मिना लामा र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी भएका छन् ।

    जनमत पार्टीको तर्फबाट डा जयकान्त राउत, जनता समाजवादी पार्टीको तर्फबाट रेनु यादव, लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नेपाल मजदुर किसान पार्टीको तर्फबाट सुनिल प्रजापति र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट रेशम चौधरी बैठकमा सहभागी भएका छन् ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend