Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा चुनावकाे उम्मेदवार छनोट विधिका लागि रास्वपाद्वारा सुझाव कार्यदल गठन


२४, असोज २०८२
  • 157
    SHARES
  • प्रतिनिधिसभा चुनावकाे उम्मेदवार छनोट विधिका लागि रास्वपाद्वारा सुझाव कार्यदल गठन

    काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदाे फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभा चुनावका लागि एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिका लागि सुझाव सङ्कलन कार्यदल गठन गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टी सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधिसमेत रहने गरी सुझाव सङ्कलन कार्यदल गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोविता गौतमले जानकारी दिनुभयो ।

    गाैतमका अनुसार बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक, राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न गठित संवाद समितिको संयोजकको जिम्मेवारी पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई दिएको छ ।

    बैठकले पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आउँदाे कात्तिक १४ र १५ गते चितवनमा गर्ने र त्यसका लागि केन्द्रीय सदस्य हरि ढकालको नेतृत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    बैठकले यही असोजको १७ र १८ गते आएकाे बाढी पहिराेपछि विपद्को प्रतिकार्य, राहत र उद्धारमा भएको प्रशंसनीय कार्यका लागि सरकारलाई धन्यावाद दिँदै पार्टीको तर्फबाट थप सक्दो प्रयास गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

    गाैतमका अनुसार पार्टीले सल्लाहकार परिषद् गठनको प्रक्रिया शुरू गर्दै विभिन्न विज्ञहरूलाई मनोनीत पनि गरेको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend