Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

संकटबीच देउवाको भावनात्मक सम्बोधन : “देश, पद्धति र पार्टीमाथि आक्रमण भयो”


२८, असोज २०८२
  • 173
    SHARES
  • संकटबीच देउवाको भावनात्मक सम्बोधन : “देश, पद्धति र पार्टीमाथि आक्रमण भयो”

    काठमाडौं - भदौ २३ र २४ का हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सानेपास्थित बीपी स्मृति भवनमा आयोजित केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले देश, लोकतन्त्र र पार्टी गम्भीर संकटमा परेको बताएका छन्।

    भग्नावशेष बनेको पार्टी मुख्यालयमै बसेर देउवाले भावनात्मक तर दृढ स्वरमा भने, “हामी अहिले खरानी बनेको आफ्नै केन्द्रीय कार्यालयमा बैठक बसिरहेका छौं—यो केवल भवनको विनाश होइन, लोकतान्त्रिक मूल्यमाथिको आक्रमण हो।” देउवाले ती घटनालाई नेपालको इतिहासकै “सबैभन्दा डर लाग्दो र योजनाबद्ध षड्यन्त्रपूर्ण” दिनका रूपमा वर्णन गरे। उनका अनुसार, “शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी निर्दोष युवाहरूको ज्यान लिइयो र अर्को दिन राष्ट्रपति भवनदेखि सर्वोच्च अदालतसम्म आक्रमण भयो।”

    उनले घटनामा ज्यान गुमाएका र घाइते भएकाप्रति श्रद्धाञ्जली र सहानुभूति व्यक्त गर्दै कानुनी कारबाहीको माग गरे। सभापति देउवाले राष्ट्रपति रामचन्द्र पौडेलको संयमपूर्ण हस्तक्षेपले मुलुक ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको उल्लेख गरे। उनले भने, “त्यो संवेदनशील समयमा राष्ट्रपति पौडेलज्यूको दृढ भूमिकाले देशलाई संकटबाट बचायो।”

    जेन–जेड पुस्ताको मागप्रति सहानुभूति जनाउँदै देउवाले भने, “सुशासन र अभिव्यक्तिको स्वतन्त्रता माग्नु अपराध होइन, तर त्यसका नाममा हिंसा र आगजनी स्वीकार्य हुन सक्दैन।” उनले नयाँ पुस्ताको चासोलाई सकारात्मक रूपमा सम्बोधन गर्दै राजनीतिक प्रणालीप्रतिको विश्वास पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए। दलभित्र एकताको आवश्यकतामाथि जोड दिँदै देउवाले भने, “व्यक्तिगत मतभेद र समूहगत रुचि–अरुचि गौण छन्।

    अहिले देश साक्षी छ—हामी एकताबद्ध हुनैपर्छ।” उनले १५औं महाधिवेशनपछि पार्टीमा नयाँ नेतृत्व आउने स्पष्ट सन्देश पनि दिए। देउवाले देशको संवैधानिक बाटो पुनःस्थापनाका लागि निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य रहेको बताए। “निर्वाचनको पूर्वशर्त शान्ति र सुरक्षाको ग्यारेन्टी हो,” उनले भने, “सुरक्षाकर्मीको मनोबल र नागरिक विश्वास दुवै उठाउन सरकारले वातावरण बनाउनुपर्छ।”

    आफ्नो निवासमाथिको आक्रमणलाई स्मरण गर्दै देउवा भावुक बने। उनले भने, “त्यो केवल व्यक्तिगत आक्रमण थिएन—देश, पद्धति र पार्टीमाथिको प्रहार थियो।” उनले पार्टी कार्यकर्ता, सुरक्षाकर्मी र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै कांग्रेसले आत्मसमीक्षा, पारदर्शी नेतृत्व र एकताको बाटो अपनाए मात्रै देशलाई निकास दिन सक्ने विश्वास व्यक्त गरे। स्वास्थ्य कारण देखाउँदै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति तोके।

    उनले खड्काप्रति पूर्ण विश्वास व्यक्त गर्दै भने, “उहाँले पार्टीको बृहत्तर हितमा जिम्मेवारीपूर्वक नेतृत्व गर्नुहुनेछ।” अन्त्यमा देउवाले आफ्नो सन्देशलाई तीन शब्दमा सीमित गरे — एकता, आत्मसमीक्षा र जिम्मेवारी। उनका अनुसार, यही तीन मूल्यमा काँग्रेसको पुनर्जागरण र लोकतन्त्रको रक्षा सम्भव छ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend