Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

नेतृत्व रूपान्तरणको संकेत : देउवाको ‘विश्राम’पछि एमालेमा पनि दबाब बढ्दै


२९, असोज २०८२
  • 218
    SHARES
  • नेतृत्व रूपान्तरणको संकेत : देउवाको ‘विश्राम’पछि एमालेमा पनि दबाब बढ्दै

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिबाट विश्राम लिँदै पार्टी पुनर्गठनको बाटो खोलेपछि अब ध्यान प्रमुख विपक्षी दल एमालेतर्फ मोडिएको छ ।

    कांग्रेसभित्रको नेतृत्व रूपान्तरणको सुरुवातले एमालेभित्र पनि समान विमर्शको आवश्यकता तीव्र बनाएको विश्लेषकहरूको टिप्पणी छ। आजबाट सुरु हुन लागेको एमाले केन्द्रीय कमिटी बैठकमा “अध्यक्ष परिवर्तन” वा “नेतृत्व पुनर्संरचना” विषय सशक्त रूपमा उठ्ने संकेत छन् ।

    लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको एकल नेतृत्वमा सञ्चालन हुँदै आएको पार्टीभित्र अहिले युवा पुस्ता र मध्यम तहका नेताहरू नयाँ नेतृत्वको अवसरका पक्षमा मुखर बन्दै गएका छन् ।

    तर स्रोतहरू भन्छन्— ओली अहिले पनि सहजै “गल्ने” स्थितिमा छैनन् । पार्टीभित्रको सञ्जाल, संगठनमा पकड र वैचारिक अधिकारको बलमा उनले आफ्नो स्थिति जोगाउने रणनीति बनाइरहेका छन् । त्यसैले, बैठकमा विषय उठे पनि निर्णायक मोड लिन तत्काल कठिन देखिन्छ ।

    राजनीतिक विश्लेषकहरूको मतमा देउवाको निर्णयले केवल कांग्रेसको आन्तरिक लोकतन्त्रमा नयाँ उर्जा भरेको होइन, नेपाली राजनीतिमा समग्र रूपमा नेतृत्वको पुस्तान्तरणबारे राष्ट्रिय बहसलाई पनि पुनर्जीवित गरेको छ । एमालेमा यो बहसले कति गहिरो प्रभाव पार्छ— अबको बैठकले त्यसको दिशा देखाउने छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend