Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

भीम रावलको प्रश्न : “छ महिनाको सरकार दीर्घकालीन सम्झौता गर्न मिल्छ?”


७, कात्तिक २०८२
  • 209
    SHARES
  • भीम रावलको प्रश्न : “छ महिनाको सरकार दीर्घकालीन सम्झौता गर्न मिल्छ?”

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल र भारतबीचको पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता (Mutual Legal Assistance Treaty) स्वीकृत गरेपछि नेकपा नेता भीम रावलले त्यसको औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन् ।

    रावलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता स्वीकृत भएको सुनेको छु। तर, छ महिनाको निर्वाचनमुखी सरकारले यस्तो दीर्घकालीन प्रकृतिको निर्णय लिन मिल्छ?

    सम्झौतामा नेपालले अघिदेखि असहमति जनाउँदै आएको — एक देशका कानुन व्यवसायीले अर्को देशको अदालतमा बहस गर्न पाउने — प्रावधान यथावत छ कि हटाइयो?” उनका अनुसार, यस्तो सम्झौता दीर्घकालीन प्रभाव पार्ने खालको भएकाले अल्पकालीन सरकारबाट पारित हुनु नै प्रश्नयोग्य छ।

    यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सन्धि स्वीकृत गर्दै अन्य मुलुकहरूसँग पनि फौजदारी मामिलामा कानुनी सहायता सन्धिका लागि वार्ता सुरु गर्न र कूटनीतिक प्रस्ताव पठाउन अनुमति दिएको थियो।

    सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार, “अन्तर्राष्ट्रिय कानुनी सहयोग विस्तार र अपराध नियन्त्रण सुदृढीकरणका लागि यस्तो सम्झौता आवश्यक” भएको बताइएको छ। तर रावलले पुनः जोड दिँदै भनेका छन्, “छ महिनाको आयु भएको सरकारले दीर्घकालीन प्रभाव पार्ने सम्झौता गर्नु संवैधानिक नैतिकता र राजनीतिक मर्यादाविपरीत हो।” राजनीतिक विश्लेषकहरूले पनि यस विषयमा प्रश्न उठाउँदै संवेदनशील कानुनी सम्झौतामा राष्ट्रिय सहमति र संसदीय छलफलको आवश्यकता औंल्याएका छन् ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend