Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन


१७, कात्तिक २०८२
  • 207
    SHARES
  • नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौँ - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नागरिकहरूले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सबै मन्त्रालयहरूलाई ‘ब्लुप्रिन्ट’ तयार पारेर कार्यान्वयन गर्न निर्देशन दिएकी छिन्। सोमबार दिउँसो सिंहदरबारमा अन्तरिम सरकार गठन भएपछिका कार्य प्रगतिको विवरण लिने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन्।

    उनले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह आजको आवश्यकता रहेको बताइन्। प्रधानमन्त्रीले भनिन्, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्।’

    प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयको परिपत्रलाई कडाइका साथ पालना गर्न निर्देशन दिएकी छन् । उनले निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न आग्रह गरेकी छन्।

    आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अपनाउन प्रधानमन्त्रीको निर्देशन छ। साथै कार्कीले कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन आवश्यक काम गर्न पनि निर्देशन दिएकी छन्।

    आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन तथा सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल वैकल्पिक व्यवस्था गर्न भनिएको छ। 

    निर्वाचनको वातावरण बनाउन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको बताउँदै आ-आफ्नो जिम्मेवारी चुस्त दुरुस्त रूपमा सम्पादन गर्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन्। अनावश्यक देखिएका संरचना खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्न उनको निर्देशन छ।

    यसैगरी, कानुनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्ने र यसमा कुनै सम्झौता नगर्न प्रधानमन्त्री कार्कीले आग्रह गरेकी छन्।

    प्रधानमन्त्री कार्कीले मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिला सम्बन्धी छलफल आयोजना गर्ने लगायत अन्तर प्रदेश परिषद्का बैठकहरूको व्यवस्थापन गर्न पनि निर्देशन दिएकी छिन्।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend