Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

महाधिवेशन अघि निर्वाचनमा जाँदा पार्टीको भविष्य जोखिममा जाने नेता सत्तारको चेतावनी


१९, कात्तिक २०८२
  • 227
    SHARES
  • महाधिवेशन अघि निर्वाचनमा जाँदा पार्टीको भविष्य जोखिममा जाने नेता सत्तारको चेतावनी

    काठमाडौं  । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा  पार्टीभित्रको अस्थिरता, युवा अपेक्षा र आगामी निर्वाचनको तयारीबारे बिशेष छलफल भएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको आगामी महाधिवेशनअघि निर्वाचनमा जाने अवस्था अहिले उपयुक्त नभएको स्पष्ट पारेका छन् ।

    नेता सत्तारले बैठकमा जेन–जेड आन्दोलनको माग र मर्मलाई बुझ्न पार्टी नेतृत्वले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।  नयाँ पुस्ताले केवल भाषण र नारा खोज्दैनन् उनीहरू स्पष्ट कार्यदिशा, पारदर्शिता र परिणाममुखी नेतृत्वको अपेक्षा राख्छन् । “यो आन्दोलन नभएको भए न त महाधिवेशनबारे चासो हुन्थ्यो, न त पार्टीभित्र सुधारका आवश्यक विषयमा छलफल हुन्थ्यो । पार्टीले नयाँ पुस्ताको अपेक्षालाई बाहेस गर्न मिल्दैन,” उनले भने ।

     सत्तारले बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको एजेण्डालाई केन्द्रमा राखेर छलफल गर्नुपर्ने औंल्याए । पार्टीले ताजा जनादेश लिएर अघि बढ्दा मात्र निर्वाचनमा सहजता र सफलता हासिल गर्न सकिन्छ । गुटीय द्वन्द्वमा समय खर्च गर्नु अहिलेको राजनीतिक परिस्थितिमा ठूलो कमजोरी हो ।

    बैठकमा सत्तारले कार्यबाहक पार्टी सभापति पूर्ण बहादुर खड्का सहितको नेतृत्वलाई भने, “हालको परिस्थितिमा आपसी विवाद र झगडा केवल पार्टीको छवि कमजोर बनाउँछ र जनता माझ नकारात्मक सन्देश जान्छ। यस्तो अवस्थामा कुनै पनि विवादले पार्टीलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।”

    उनले थप चेतावनी दिंदै भने, “यदि पार्टी नेतृत्व व्यक्तिगत स्वार्थ वा गलत उद्देश्यका लागि अघि बढ्ने प्रयास गर्छ भने, यसले नेपाली कांग्रेसलाई राजनीतिक रूपमा कमजोर बनाउनेछ र आगामी निर्वाचनमा असफलता सुनिश्चित गर्ने खतरा बढ्नेछ । अहिले जुगाको लडाई गरेर बस्ने समय छैन । जनताको मन जित्ने, विश्वास कायम राख्ने र संगठनलाई मजबुत बनाउने काम प्राथमिकता हुनुपर्छ ।”

    नेपाली काङ्ग्रेस शुभेच्छा संस्था समन्वय विभाग प्रमुख समेत रहेका नेता सत्तारले पार्टीभित्र एकता, पारदर्शिता र युवा सहभागितामा बल दिनुपर्ने औंल्याए ।  साथै महाधिवेशन केवल पद वितरणको अवसर नभई संगठनात्मक र नैतिक पुनर्जागरणको क्षण हुनुपर्छ उनले भने । “युवालाई केवल सहभागी बनाउनु पर्याप्त हैन, उनीहरूलाई सहनिर्माता र निर्णय प्रक्रियामा सक्रिय रूपमा संलग्न गर्नु अनिवार्य छ । यही दृष्टिकोणले अगाडि बढे पार्टीको दीर्घकालीन नेतृत्व क्षमता र जनविश्वास दुवै सुरक्षित रहन्छ ।”

    नेता सत्तारले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आन्तरिक विवादले केवल सार्वजनिक धारणामा नकारात्मक प्रभाव पार्छ। “अब आपसमा झगडा गरेर बस्ने समय छैन। आन्तरिक असहमति भए पनि त्यसलाई सहमति र संवादमार्फत समाधान गर्नु हाम्रो कर्तव्य हो । गलत सन्देशले पार्टीको विश्वास र आगामी निर्वाचनमा सफलता दुवै खतरामा पार्छ ।”

    अन्त्यमा उनले स्पष्ट पारे, “यदि नियमित महाधिवेशनमा जान सकिएन भने,  ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर छदैछ पार्टीको विधान बमोजिम विशेष महाधिवेशनमा जान बाध्य हुनेछ । यसलाई नजरअन्दाज गर्नु भनेको पार्टीको भविष्य र जनविश्वास दुवैमाथि जोखिम लिनु हो।”

    सत्तारको कडा चेतावनीले नेतृत्व तहमा संगठन एकता, युवा सहभागिता र पारदर्शितालाई प्राथमिकता दिन दबाब सिर्जना गरेको छ।  उनको यो भनाईले स्पष्ट देखाउँछ नेपाली कांग्रेसले विवाद र गुटीय द्वन्द्वलाई किनारा गर्दै, पार्टीको भविष्य र जनविश्वास सुनिश्चित गर्ने कार्य तत्काल सुरु गर्नुपर्ने आवश्यकता छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend