Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा


२०, कात्तिक २०८२
  • 206
    SHARES
  • पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुनर्गठित कांग्रेससहित चुनावमा जान आह्वान गरेका छन् । यसो हुन सके जेनजी आन्दोलनको भावना सम्बोधन हुने र कांग्रेसलाई जनताले पनि विश्वास गर्ने उनको भनाइ छ ।

    भिडियो सन्देशमार्फत् थापाले भनेका छन्, ‘यो अधिवेशन गरेर गयौं भने नेपाली कांग्रेसको के कुरामा प्रष्टता देखिन्छ भने कांग्रेस अडियो, कांग्रेस घोरियो, कांग्रेसले स्वीकार गर्‍यो, हामीले त्यो गल्ती गरेका थियौं, हामीले नागरिकका कुरा सुन्यौं, हामीले सुधारको संकल्प गर्‍यौं, हामी नयाँ भएर आएका छौं । हामीले नयाँ सुरुवात गर्ने एउटा बाचा गरेर आएका छौं, संकल्प गरेर आएका छौं ।’

    ‘त्यसपछि बल्ल नागरिकसँग सम्वादको नयाँ ढोका खुल्छ । त्यसपछि बल्ल हामीसँग रिसाएका नागरिकहरुले फेरि एकपटक तिमीलाई मौका दिन्छौं भनेर हामीसँग आउने अवस्था आउँछ । त्यसकारणले अधिवेशन चाहिएको हो,’ थापाले भने ।

    कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ । कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६–१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।

    त्यसको काउन्टरमा संस्थापन पक्षका नेताहरूको धोबिघाट भेलाले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार मंगलबारको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी २७–३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

    पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।

    यसै सन्दर्भमा महामन्त्री थापाले भदौ २३ गतेभन्दा अगाडि र पछाडिको परिस्थितिमा धेरै उथलपुथल भइसकेको भन्दै नयाँ परिस्थितिमा नयाँ कांग्रेस लिएर जनतामा जानुपर्ने भएकाले चुनाव अघि महाधिवेशन हुनैपर्ने बताए ।

    कांग्रेस भन्दावित्तिकै धेरैको दिमागमा सत्ता, शक्ति मात्र स्मरणमा आउने भन्दै त्योसँगै कांग्रेसले गरेका सुधारबारे बताउनुपर्ने र कांग्रेससँग भएका गुनासा पनि सम्बोधन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए ।

    ‘यसकानिम्ति एकपटक हामी उनीहरुसँग बस्नुपर्ने छ । हामी बोल्ने होइन, हामी उनीहरुका कुरा सुन्नुपर्ने छ, सम्वाद गर्नुपर्ने छ, उनलाई ठाउँ दिनुपर्ने छ, उनीहरुलाई सहभागी गराउनुपर्ने छ,’  महामन्त्री थापाले भने ।

    उनले यो बहसमा पार्टीभित्र र बाहिरको पंक्तिलाई पनि सहभागी भइदिन उनले आह्वान गरे ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend