Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

चुनावमा सबैले भाग लिने वातावरण बनाउन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह


२१, कात्तिक २०८२
  • 216
    SHARES
  • चुनावमा सबैले भाग लिने वातावरण बनाउन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

    काठमाण्डाै – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चुनावलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

    सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘चुनाव शान्तिपूर्ण ढङ्गले, व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्नका निम्ति हामी सरकारलाई आग्रह गर्दछौँ । शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता गराउने वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।’

    अध्यक्ष दाहालले राष्ट्रियसभा सञ्चालनका लागि केही कानूनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा पनि सरकारले ढिलाइ गर्न नहुने बताउनुभयाे । राष्ट्रियसभाले सरकारलाई महत्त्वपूर्ण सहयोग गर्ने भएकाले राष्ट्रियसभा बैठक सञ्चालन गर्ने काममा सरकार सक्रियतापूर्वक लाग्नुपर्ने उहाँकाे भनाइ छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend