Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

व्यक्तिभन्दा प्रणाली र नीतिगत सुधार आवश्यक छ - नेता कल्याण गुरुङ


२३, कात्तिक २०८२
  • 271
    SHARES
  • व्यक्तिभन्दा प्रणाली र नीतिगत सुधार आवश्यक छ - नेता कल्याण गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र व्यक्ति–केन्द्रित राजनीति होइन, असली शासकीय प्रणाली र नीतिगत स्पष्टतामा आधारित सुधार नै दीगो परिवर्तनको मुख्य बाटो भएको बताएका छन् ।

    गुरुङले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा राखेको अभिव्यक्तिप्रति सम्मानका साथ प्रतिक्रिया जनाउँदै भनेका छन् -“दीगो परिवर्तनका लागि व्यक्ति होइन, असल शासकीय प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुन्छ ।”

    फेसबुकमा उनले लेखेका विस्तृत धारणा अनुसार, गुरुङले अहिलेको मुलुकमा देखिएको प्रमुख समस्या बोली र व्यवहारबीचको असमानता रहेको उल्लेख गर्दै जनतामा त्यसले निराशा फैलाएको बताए ।

    नेता गुरुङले “आम नागरिकले भ्रष्टाचारप्रति शून्य सहनशीलता र दण्डहीनताको अन्त्य चाहेका छन् । असल प्रणालीले पपुलिज्म, व्यक्तिगत भक्ति, गुणगान र साईबर प्रचारको संस्कृति स्वीकार्दैन,” उनले लेखेका छन् ।

    गुरुङले थपे, “शासन, सत्ता, संवैधानिक निकाय र राज्य संयन्त्रमा सीमित समुदाय वा व्यक्तिहरुको एकाधिकारमा आमूल परिवर्तन आवश्यक छ ।” शान्तिपूर्ण, अहिंसात्मक र विवेकपूर्ण माध्यमबाट परिवर्तनको पक्षमा आफू रहेको स्पष्ट पार्दै भनेका छन् - “मैले खोजेको परिवर्तन माया, प्रेम, सद्भाव र सहिष्णुताको परिवर्तन हो; घृणा र ईर्ष्याको होइन।”

    उनका अनुसार, नेपालले दीगो राजनीतिक स्थायित्वका लागि केवल बहुदलीय संसदीय प्रणालीमै सीमित नबसि अन्य शासकीय मोडलहरू जस्तै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रपति वा स्विजरल्याण्डको फेडरल काउन्सिल मोडल - माथि पनि खुला बहस गर्नुपर्ने समय आएको छ ।

    गुरुङले दक्षिण एशियाली देशहरूमा संसदीय प्रणालीले किन प्रभावकारी रूपमा काम गर्न नसकेको प्रश्न उठाउँदै भने, “कुनै पनि शासन प्रणालीको पहिलो र मुख्य तत्व भनेको जनताले त्यसप्रति राखेको विश्वास हो ।” अन्त्यमा नेता गुरुङले लेखेका छन् “मैले खोजेको परिवर्तन प्रणालीमा, आचरणमा र व्यवहारमा आमूल सुधार हो; जुन सबै नेपालीमा समान अधिकार, अवसर र भरोसा जगाउने प्रकारको हो।”

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend