Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान


२३, कात्तिक २०८२
  • 249
    SHARES
  • आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनाव सफल बनाउन आह्वान गर्नुभएको छ ।

    आज सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आउँदो प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

    युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै चुनाव घोषणा गरेको र यसलाई सफल बनाउनुपर्ने राष्ट्रपति पाैडेलको भनाइ छ । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल नागरिकले प्राप्त गर्न चुनाव महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

    राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट नागरिकलाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको भन्दै चुनावको वातावरण बनाउने भूमिका खेल्न आग्रह गर्नुभयो ।

    यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चार माध्यमलाई व्यावसायिक रूपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्त्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न लोगो सार्वजनिक र नयाँ च्यानल एन टिभी वर्ल्डको शुभारम्भ पनि गरिएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पीएसबी नेपालले प्रथम वार्षिकोत्सव पनि मनाएको हो ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend