Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

लाेहपुरुष गणेशमानको १११ औँ जन्मजयन्तीमा कांग्रेस नेता सिंहद्वारा माल्यार्पण, “सत्य र निष्ठाको बाटोमा डगमगाउने छैन”


२४, कात्तिक २०८२
  • 216
    SHARES
  • लाेहपुरुष गणेशमानको १११ औँ जन्मजयन्तीमा कांग्रेस नेता  सिंहद्वारा माल्यार्पण, “सत्य र निष्ठाको बाटोमा डगमगाउने छैन”

    काठमाडौं l नेपालको लोकतान्त्रिक इतिहासका निडर योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री प्रकाशमान सिंहले आज उहाँको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

    ललितपुरस्थित गणेशमान सिंह स्मारक परिसरमा आयोजित कार्यक्रममा प्रकाशमान सिंहले जनआन्दोलनका महानायकप्रति श्रद्धा व्यक्त गर्दै भन्नुभयो- “जहानिया राणाशासन र पञ्चायती अन्धकार अन्त्य गरी नागरिकलाई प्रजातन्त्रको उज्यालो दिलाउन उहाँले गरेको कठिन संघर्ष सदैव स्मरणीय छ।”

    नेता सिंहले थप भन्नुभयो- “आफूले जेल–नेल, निर्वासन र बर्बर यातना सहेर पनि नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने कार्य गणेशमान सिंहकै अदम्य साहसको फल हो।

    उहाँको सत्य, निष्ठा र त्यागको बाटोमा नेपाली कांग्रेस डगमगाउने छैन।” गणेशमान सिंहले आफ्नो जीवनभर प्रजातन्त्र, मानवअधिकार र राष्ट्रिय स्वाभिमानका लागि अविचल संघर्ष गर्नुभएको थियो।

    उहाँको नेतृत्वमै २०४६ सालको ऐतिहासिक जनआन्दोलनले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित गरेको थियो । नेपालका राजनीतिक इतिहासमा “लाेहपुरुष” का रूपमा चिनिने गणेशमान सिंहप्रति देशभर श्रद्धाञ्जलि कार्यक्रमहरू आयोजित भइरहेका छन्।

    उहाँको आदर्श र योगदानप्रति कांग्रेस नेता तथा कार्यकर्ताले ‘सच्चा लोकतन्त्रको प्रेरणास्रोत’का रूपमा स्मरण गरिरहेका छन् ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend