Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी


२५, कात्तिक २०८२
  • 224
    SHARES
  • मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी

    काठमाण्डाै – सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले मुख्यमन्त्री नियुक्ति प्रकिया प्रारम्भिक रूपमा असंवैधानिक भएको ठहर गर्दै अहिलेलाई यथास्थितिमा राख्न भनेको हो । इजलासले सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्नू/नगराउनू भनेको छ ।

    सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ । मुख्यमन्त्री नियुक्तिविरुद्ध हिजो परेका तीन वटा रिट निवेदनका आधारमा न्यायाधीश ढुङ्गानाको इजलासले आदेश जारी गरेको हो ।

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी हिजो बिहान बर्दिबासको एक होटलमा सपथ खुवाउनुभएको थियो । उपधारा २ अनुसार सरकार बन्ने सम्भावना हुँदाहुँदै ३ बमोजिम सरकार गठन गरेको भन्दै सर्वोच्चमा रिट परेको हो ।

    यही घटनाका कारण प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भइसक्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आज भण्डारीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्णलाई शपथ खुवाउनुभएको छ ।

    यसैबीच आज मुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमार्फत आफूले तत्कालीन प्रदेश प्रमुखलाई दबाव दिएर होटेलमै शपथ लिएको स्वीकार गर्नुभएको छ ।

    मधेश प्रदेशका ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित सात राजनीतिक दलले पनि आज सर्वोच्च अदालतमा मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध रिट दायर गरेका छन् । रिटमाथिको सुनुवाइ भोलिका लागि तोकिएको छ ।

    यसैबीच बाहिर झडप चलिरहँदा पनि मधेश भवनमा छिरेर मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्नुभएकाे छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend