Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

जसपा नेपालले थप्यो केन्द्रीय समिति सदस्य


२८, कात्तिक २०८२
  • 241
    SHARES
  • जसपा नेपालले थप्यो केन्द्रीय समिति सदस्य

    काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा सदस्य थप गरेको छ। सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रूपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ।

    केन्द्रीय समितिको बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका र पार्टीभित्रै कार्यरत रहेका सदस्यलाई केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनयन गरेको पार्टी प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
     
     त्यसैगरी जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्राडा रामस्वारथ यादवलाई मनोनयन गरेको बस्नेतले बताए। मनोनित हुने सल्लाहकार समिति सदस्यहरुमा खडकनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्र प्रकाश महतो र मनोज साह छन्।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend