Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन


२९, कात्तिक २०८२
  • 204
    SHARES
  • प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन

    काठमाडौं । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले शनिबार (कात्तिक २९) देशभर प्रदर्शन गरेको छ ।

    संसद् विघटनविरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत देशभरका जिल्ला तथा विभिन्न सहरमा विरोध प्रदर्शनका साथै जनसभाको आयोजना गरिएको हो ।

    यसैक्रममा एमाले रुपन्देहीले बुटवलमा बृहत् जनप्रदर्शन र सभा गर्‍यो । प्रतिनिधिसभा पुनर्स्थापना, संविधानको रक्षा तथा युवापुस्ता – विशेष गरी ‘जेनजी’का माग पूरा गर्ने कार्यमा आफ्नो पार्टी सक्षम रहेको दाबी गरिएको प्रदर्शनसहितको र्‍याली चौराहाबाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अबहेलनासहित शासन गरिरहेको आरोप लगाए ।

    आउँदो मंसिर ६ गते काठमाडौंमा प्रदर्शनसहित जनसभा गरेर जनपरिचालन कार्यक्रम समापन गरिने एमालेले जनाएको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend