Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसभित्र बढ्दो असन्तुष्टि र नेतृत्वको दबाब : कार्यबाहक सभापति खड्काको सन्तुलित सन्देशले बहसलाई मोड दियो


२९, कात्तिक २०८२
  • 278
    SHARES
  • कांग्रेसभित्र बढ्दो असन्तुष्टि र नेतृत्वको दबाब : कार्यबाहक सभापति खड्काको सन्तुलित सन्देशले बहसलाई मोड दियो

    काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मिति निर्धारणमा आएको ढिलाइले पार्टीभित्र असन्तुष्टि तीव्र बन्दै गएको छ । पछिल्लो केन्द्रीय समिति बैठकले अपेक्षित निष्कर्ष नदिँदा, नेतृत्वको योजना, गुटीय समीकरण र संगठनको समग्र दिशाबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन् ।

    यसैबीच कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशले पार्टीभित्रको बहसलाई नयाँ मोड दिएको छ । उनले आलोचनालाई नकारात्मक भावनामा होइन, ‘मार्गदर्शन’का रूपमा व्याख्या गर्दै निर्णयमा आएको ढिलाइ ‘कमजोरी’ नभई ‘सावधानी’ भएको उल्लेख गरेका छन् ।

    खड्काले भनेका छन्-“हतारमा निर्णय गरेर पछुताउनु भन्दा केही समय ढिलो भएर सही निर्णय लिनु नै पार्टीका लागि उचित हुन्छ।” यो अभिव्यक्ति पछिल्ला दिनमा नेतृत्वमाथि बढिरहेको दबाबलाई संस्थागत रूपमा संबोधन गर्ने प्रयासका रूपमा देखिएको छ ।

    पछिल्ला दुई हप्तादेखि महाधिवेशनबारेको बहस तीव्र भएको छ । जिल्ला-क्षेत्रीय नेतृत्वदेखि युवा पुस्तासम्मले ढिलाइलाई नेतृत्वको अनिच्छा, गुटीय गणित मिलाउने प्रयास र अन्तरद्वन्द्व लुकाउने संकेतका रूपमा व्याख्या गर्दै आएका छन् ।

    केन्द्रीय समितिबाट अहिलेसम्म ठोस निर्णय ननिस्कनु कांग्रेसभित्र मनोवैज्ञानिक निराशाको कारण बनेको थियो । यस्तो अवस्थामा खड्काले ‘धैर्य अपनाउन’ आह्वान गर्दै-“प्रतिवेशी अवस्था हेरेर ढिलो भए पनि सही निर्णय गर्नु उचित हुन्छ”-भनेका छन्, जसलाई नेतृत्वको ‘सावधानीपूर्ण रणनीति’को संकेतका रूपमा बुझिएको छ । कांग्रेसमा महाधिवेशन केवल संगठनात्मक प्रक्रिया होइन यो नेतृत्व-दौडको निर्णायक मोड हो ।

    अहिले पार्टीभित्र देउवा समूह, गगन-विश्वप्रकाश नेतृत्वको सुधारवादी धार र पूर्णबहादुर-प्रकाशमानको सन्तुलित शक्ति-समूह समानान्तर रूपमा सक्रिय छन् । महाधिवेशनको समय निर्धारण यी तीन धारको राजनीतिक भविष्यसँग प्रत्यक्ष रूपमा जडित छ ।

    यही कारण धेरैले ढिलाइलाई नेतृत्वले समीकरण मिलाउने रणनीतिक समय-गणितको रूपमा पनि व्याख्या गर्छन् । तर कार्यबाहक सभापति खड्काले भने महाधिवेशनलाई टकराव होइन, समाधानतर्फको संक्रमणका रूपमा चित्रण गरेका छन् । उनका अनुसार निर्णय भावनाअनुसार नभई परिस्थितिको गम्भीर मूल्यांकनमा आधारित हुनुपर्छ ।

    “यिनै टिप्पणीहरू नै मेरो लागि शक्ति र मार्गदर्शन हुन्छन्,” उनले फेशबुकमा लेखेका छन्, जसलाई विश्लेषकहरूले पार्टीभित्र बढ्दो तनावलाई न्यूनिकरण गर्ने ‘सन्तुलित मनोवैज्ञानिक सन्देश’का रूपमा व्याख्या गरेका छन् । महाधिवेशनसम्बन्धी बहस अहिले समेत अनिश्चित दिशातर्फ छ ।

    सभापति देउवा दम्पती विदेशमा रहनु, नयाँ पुस्ताको आक्रामक सक्रियता, शीर्ष नेताहरूमाथिको सार्वजनिक आलोचना र सरकार-विपक्ष दुवैतर्फ अनिश्चितता यी सबै कारणले कांग्रेसको निर्णय-गति प्रभावित बनेको छ ।

    खड्काको ताजा सन्देशले अब बहसलाई ‘टकराव’ होइन सावधानी, एकता र संस्थागत जिम्मेवारीतर्फ मोडिनुपर्ने संकेत दिएको छ । विश्लेषकहरूका अनुसार कांग्रेसले जनविश्वास पुनः हासिल गर्न सही समयमा, स्पष्ट प्रक्रियासहितको विवादरहित महाधिवेशन अपरिहार्य छ ।

    कार्यबाहक सभापति खड्काको अभिव्यक्ति कांग्रेसको आगामी हप्तामा छाउने राजनीतिक सूत्रहरू एकता, समय, सावधानी र सही नेतृत्व-निर्णय हुने तर्फ स्पष्ट संकेत गर्छ, जुन पार्टीको आन्तरिक स्थिरता र भविष्यको विश्वसनीयता निर्माण गर्ने आधार बन्न सक्ने देखिन्छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend