Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

व्यक्ति केन्द्रित बहसले परिवर्तन रोकेको छ, कांग्रेस केन्द्रीय सदस्य गुरुङको टिप्पणी


३०, कात्तिक २०८२
  • 1,054
    SHARES
  • व्यक्ति केन्द्रित बहसले परिवर्तन रोकेको छ, कांग्रेस केन्द्रीय सदस्य गुरुङको टिप्पणी

    काठमाडाँ । नेपालको राजनीतिक तथा सामाजिक विमर्शमा व्यक्ति केन्द्रित बहसले देशलाई वास्तविक परिवर्तनबाट टाढा पुर्‍याएको कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बताएका छन् ।

    उनका अनुसार, प्रणालीगत सुधारभन्दा कुनै व्यक्तिको स्वभाव, व्यवहार वा कमजोरीलाई मुख्य मुद्दा बनाउँदै बहस कैयौं पटक गलत दिशातर्फ मोडिन पुग्छ । “प्रणालीले व्यक्तिको सोच र निर्णयलाई आकार दिन्छ, तर हामी व्यक्ति नै सबै कुरा हो भन्ने गलत ठान्छौं,” गुरुङको भनाइ छ ।

    नेता गुरुङले सत्ता भोगेका र समाजमा संघर्षरत वर्गबीच सोच, आनीबानी र दृष्टिकोणमा हुने ठूलो अन्तरले नै असन्तुष्टि, विभेद र सामाजिक तनावहरू जन्माउने बताएका छन् ।

    उनले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमले हेडलाइन-आधारित समाज बनाएको उल्लेख गर्दै, “१० मिनेट पढ्ने धैर्य र ५० मिनेट सुन्ने क्षमता बिना परिवर्तनको कुरा गर्नु दम्भ मात्रै हो,” उनले भने ।

    उनका अनुसार, उत्तेजना र अराजकतालाई परिवर्तनसँग मिसाउने गलत संस्कार बढ्दै गएको छ, जसले प्रणालीगत बहसलाई क्षतिग्रस्त बनाइरहेको छ । ‘म’ र ‘मेरो समुदाय’लाई अदृश्य केन्द्रमा राखेर बहस गर्ने प्रवृत्ति हावी हुँदा निष्पक्ष र प्रणाली-केन्द्रित संवाद दुर्लभ हुँदै गएको उनको ठम्याइ छ ।

    उनले ‘जादुई व्यक्तिले आएर सबै समस्या समाधान गरिदिओस्’ भन्ने मानसिकता त्याग्नुपर्ने बताए । गुरुङले दास मानसिकता-प्रश्न नगर्ने, चुनौती नदिने र ‘रिमोटजस्तै चल्ने’ संस्कारलाई परिवर्तनको प्रमुख बाधकका रूपमा टिप्पणी गरेला छन् ।

    उनका अनुसार, राम्रो प्रणालीले खराब व्यक्तिलाई सुधार्न सक्छ तर कमजोर प्रणालीले असल व्यक्तिलाई पनि जकडेर राख्छ । “परिवर्तनको ढोका व्यक्ति होइन, प्रणाली हो,” गुरुङले स्पष्ट पारे ।

    व्यक्ति केन्द्रित बहसले प्रणालीगत सुधारका महत्वपूर्ण प्रश्नहरूलाई ओझेलमा पार्दै देशलाई अन्धकारतर्फ धकेलेको बताउँदै उनले अब प्रणाली केन्द्रित परिवर्तनको आन्दोलन अपरिहार्य भएको जोड दिए ।

    “प्रणालीको विकल्प अर्को व्यक्ति होइन-अर्को उत्तम प्रणाली नै हो । सचेत हुने समय यही हो,” उनले भने ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend