Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने


५, मंसिर २०८२
  • 112
    SHARES
  • मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

    काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था मिलाएको छ ।

    जैविक तथ्याङ्क अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । अहिलेसम्म सात लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ । यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मङ्सिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ ।

    नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा ज्यान गएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

    प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी आउँदो पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend