Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्ने


५, मंसिर २०८२
  • 114
    SHARES
  • कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्ने

    काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर आइतबार दल दर्ता गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

     

    गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    पार्टीको १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तय भएको निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद छ । त्यही विवादका कारण पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक राष्ट्रियसभामा भाग लिन दल दर्ता गर्ने निर्णय गर्नका लागि पनि शनिबार बस्नेछ । 

    आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर ७ गतेभित्र दल दर्ता गर्ने समय निर्धारण गरेको छ । आयोगले कात्तिक २८ गते सूचना निकालेर आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि मंसिर ७ गते कार्यालय समयभित्र दल दर्ता कागजात बुझाउन भनेको थियो ।

    दल दर्ताका लागि केन्द्रीय कार्यसमितिबाट दल दर्ता गर्ने निर्णय भएको माइन्युटको प्रतिलिपि आवश्यक पर्छ । 

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend