Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै


७, मंसिर २०८२
  • 94
    SHARES
  • बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै

    काठमाडौं - प्रगतिशील राष्ट्रिय अभियान, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) र अन्य वैकल्पिक समूहहरूलाई एकीकृत गरेर बनेको पार्टी एकताको आज घोषणा हुदैछ। 

    बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियारलगायत नेताहरुको अगुवाइमा बनेकोे नयाँ पार्टी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ को औपचारिक घोषणा गर्न लागिएको हो। 

    भट्टराईको नेसपा (नयाँशक्ति), विघटित नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको अगुवाइमा सुदन किराँतीको संयोजकत्वमा बनेको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारलगायत मिलेर बनेको नयाँ पार्टी घोषणा गर्न राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको हो। घोषणाकार्यक्रम बिहान ११ बजे सुरु हुने प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजन समिति सदस्य जन्मदेव जैशीले जानकारी दिए। 

    डा. भट्टराई, शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, दुर्गा सोबललगायत नेताले संयुक्त रूपमा एकता घोषणा गर्ने कार्यक्रम छ।  यो पार्टी निर्वाचन आयोगमा भने दर्ता भइसकेको छ। तर प्रमाण पत्रपाइ सकेको छैन। सनाखतको प्रकृयामा रहेको पार्र्टीको चुनाव चिन्हआँखा रहने पक्का भएको जैशीले बताए।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend