Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

एमालेको महाधिवेशन प्रतिनिधि छनोट शुल्क एक हजारभन्दा बढी लिन नपाइने


९, मंसिर २०८२
  • 101
    SHARES
  • एमालेको महाधिवेशन प्रतिनिधि छनोट शुल्क एक हजारभन्दा बढी लिन नपाइने

    काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँचबुँदे निर्देशन जारी गरेको छ ।

    सोमबार (मंसिर ८) साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णय गर्दै पाँचबुँदे निर्देशन जारी गरिएको पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार, चुनावी प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ । यसनिम्ति केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

    कायम भएको अन्तिम मतदाता सूची केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ ।

    यस्तै, यही मंसिर १२ गते साँझसम्म सर्वसहमतिका निम्ति अन्तिम प्रयास गरिनेछ । त्यसो नभएमा मंसिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ ।

    केही जिल्लामा प्रतिनिधिको उमेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएको भन्दै त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिको उमेदवारी शुल्क एक हजार रुपैयाँभन्दा बढी नलिन पनि निर्देशन दिइएको छ ।

    प्रतिनिधि छनोटका निम्ति सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र उक्त कार्यमा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

    एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । मंसिर १३ गते देशभरि र प्रवासमा पनि एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ । महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend