Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस बैठक बस्दै, पुसमा नियमित महाधिवेशन गर्न संस्थापनको सर्त


१५, मंसिर २०८२
  • 95
    SHARES
  • कांग्रेस बैठक बस्दै, पुसमा नियमित महाधिवेशन गर्न संस्थापनको सर्त

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै छ ।

    महाधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस बैठक पटक-पटक सर्दै आएको छ । सोहीअनुरुप पछिल्लो पटक आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सारिएको थियो । 

    कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकारी दिए । 

    यसैबीच नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न मान्ने भएको छ ।

    आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न गएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर फिर्ता भए मान्ने बताएका हुन् ।

    भेटमा देउवाले  पुसमा १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने बताएका थिए । त्यसको जवाफमा केन्द्रीय सदस्यहरूले आफूहरू निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार रहेको तर विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त अघि सारेका थिए ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend