Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसले माग्यो क्रियाशील सदस्यताबारे भ्रातृ तथा शुभेच्छुक संस्थासँग सुझाव


१९, मंसिर २०८२
  • 85
    SHARES
  • कांग्रेसले माग्यो क्रियाशील सदस्यताबारे भ्रातृ तथा शुभेच्छुक संस्थासँग सुझाव

    काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणबारे पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग सुझाव मागेको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्दै सुझाव मागेको हो ।

    समितिका सदस्य कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सानेपामा भ्रातृ तथा शुभेच्छुक नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, दलित संघ, थारु संघका अध्यक्ष तथा महिला संघ र मुस्लिम संघका प्रतिनिधिसँग सुझाव मागिएको जानकारी दिए । पार्टीको क्रियाशील सदस्यमा महिला, जनजाति, दलित, थारु, मुस्लिम र युवाहरूको सहभागिता बढाउने विषयमा छलफल भएको चौधरीले बताए ।

    बैठकमा सुझाव लिने र दिने काम भएको चौधरीको भनाइ छ । कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गरेको छ ।

    घोषित मितिमा महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यता कसरी बढाउने भनेर महामन्त्री थापा नेतृत्वको समितिले पार्टीका भ्रातृसंस्था र शुभेच्छुक संस्थाका प्रतिनिधिसँग छलफल गरेको हो ।

    समितिमा पार्टी केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सिता गुरुङ र चौधरी सदस्य छन् । 

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend