Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा


३, पुस २०८२
  • 111
    SHARES
  • फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले मात्रै संवेदनशिल अवस्थाबाट देशलाई निकास दिने बताएका छन् ।

     पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन नगरेर अर्को बाटो रोजे देशले अपूरणीय क्षति व्यहोर्नुपर्नेमा समेत सजग गराए । 

    ‘ मओवादी र एमाले मिलेर नेकपा एमाले बनेपछि प्रधानमन्त्री भएका केपी ओलीले संसद् विघटन गर्दा हामीलाई निर्वाचनमा जानु फाइदा थियो तर हामी गएनौँ । किनभने समयभन्दा अगाडि गरिने चुनावले यसको चक्रलाई बिगार्छ ।

    यसपटक आवश्यकताले चुनावमा जानुपर्ने देखाएको छ । फागुन २१ को निर्वाचनमा सहभागी भएनौ भने देश दुर्घटनामा जान्छ । त्यसैले चुनाव सफल बनाउन सरकारले दलसँग तीव्र संवाद गरेर सुरक्षित वातावरण बनाउनपर्नेछ ’ उनले भने ।

    कार्यक्रममा उनले कांग्रेस माथि आफैँ घाउ सहेर पनि देशलाई बचाउने जिम्मेवारी रहेको उल्लेख गरे । 

    उनले भने, ‘अन्य पार्टीलाई चुनाव जित्न अनेकन विधि अपनाउने सुविधा छ तर कांग्रेसलाई त्यो छुट छैन् । राष्ट्रिय पार्टी भनेको चुनावको लागि मात्र हो । तर कांग्रेस पार्टी मात्र नभएर राष्ट्रिय शक्ति हो ।

    यसको अभिभावकीय जिम्मेवारी हुन्छ । कांग्रेसले आफुले घाउ सहेर पनि राष्ट्रलाई घाउ लाग्न दिन हुँदैन । इतिहासलाई हेर्दै समयको चापलाई बुझेर अहिले आफ्नो फराकिलो जिम्मेवारी कहिले अग्लो कहिले गहिरो भएर सोच्नुपर्छ ।’ 

    दलहरूसँग संवाद गरी आशंका हटाउने काम पनि सरकारकै दायित्व भएको उनको भनाइ छ। साथै, दलहरू तटस्थ भूमिकामा रही निर्वाचन सफल बनाउन साथ दिनुपर्नेमा उनले जोड दिए।

    ‘भदौ २३ र २४ गते आवेग र उत्तेजनामा विभिन्न घटना भए भने विभिन्न स्वार्थ समुहले योजनावद्ध रुपमा गतिविधि गरेको पनि छ । त्यसको छानबिनका लागि राज्यबाट बनेको आयोगले निष्पक्ष र पूर्वाग्रहरहित भएर सबैले स्वीकार्ने गरी काम गर्नुपर्छ र त्यसमा मेरो विश्वास छ’ उनले थपे । 

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend