Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस अर्घाखाँचीद्वारा प्रतिनिधिसभा र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस


४, पुस २०८२
  • 207
    SHARES
  • नेपाली कांग्रेस अर्घाखाँचीद्वारा प्रतिनिधिसभा र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस

    अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा तथा २०८२ माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

    जिल्ला कार्य समिति अर्घाखाँचीको मिति २०८२/०८/२५ गते सभापति केशव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कार्यालयको २०८२ मंसिर १५ गतेको पत्रअनुसार छलफल गरी विभिन्न पदका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

    सोही निर्णयअनुसार उम्मेदवारहरूको नामावली नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिमा पठाइएको जिल्ला कार्य समितिले जनाएको छ । प्रतिनिधिसभा (प्रत्यक्ष तर्फ) का सिफारिस उम्मेदवारहरू (नेपाली वर्णानुक्रम अनुसार): कमल प्रसाद भुसाल, जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, बाबुराम पौडेल, विष्णु प्रसाद खनाल, मुक्तिराम श्रेष्ठ, रेवती प्रसाद भुसाल र लेखनाथ पोखरेल ।

    प्रतिनिधिसभा (समानुपातिक तर्फ) का सिफारिस उम्मेदवारहरू: पुष्पा गौतम भुसाल (महिला), निर्मला क्षेत्री (महिला), मणिराम परियार (महिला), ललिता सुनार (दलित), विष्णु प्रसाद अर्याल (दलित महिला) र राजेन्द्र के.सी. (खस आर्य–पुरुष) राष्ट्रिय सभा तर्फ सिफारिस उम्मेदवारहरू: डा. रामबहादुर बिसी, पिताम्बर भुसाल र बालकृष्ण पाण्डे ।

    जिल्ला कार्य समितिले पार्टीको विधान, समावेशी सिद्धान्त र संगठनात्मक आवश्यकतालाई ध्यानमा राखी उम्मेदवार सिफारिस गरिएको जनाएको छ । उम्मेदवार सिफारिसको बोधार्थ नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा समेत पठाइएको बताइएको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend