Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन र नेतृत्वमा युवालाई अगाडि सार्ने कांग्रेस लुम्बिनीको निर्णय


५, पुस २०८२
  • 190
    SHARES
  • निर्वाचन र नेतृत्वमा युवालाई अगाडि सार्ने कांग्रेस लुम्बिनीको निर्णय

    देउखुरी | नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक प्रदेश सभापति श्री अमरसिंह पुनको सभापतित्वमा आज दाङस्थित राप्ती उपत्यका देउखुरीमा शुक्रबार सम्पन्न भएको छ ।

    बैठकमा प्रदेश कार्यसमितिका महामन्त्री श्री सुरेन्द्रराज आचार्यले विभिन्न समसामयिक र सांगठनिक प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठकले पार्टी विधान र नियमअनुसार महत्वपूर्ण निर्णयहरू गर्दै आगामी निर्वाचन, संगठन सुदृढीकरण तथा युवाको सक्रिय सहभागितामा जोड दिएको छ ।

    बैठकका प्रमुख निर्णयहरू यस्ता छन् :

    १. निर्वाचन सम्बन्धी निर्णय आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सिफारिस भई आएका आकांक्षी उम्मेदवारहरूको नाम आवश्यक राय-सुझाव सहित नेपाली कांग्रेस केन्द्रीय समितिमा सिफारिस गरी पठाउने निर्णय गरेको छ । निर्वाचन आयोगद्वारा फाल्गुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनोटका लागि क्षेत्र र जिल्ला कार्यसमितिबाट प्राप्त नामहरू तथा छुटेका उम्मेदवारहरू समेत समेटी विधान, नियम र केन्द्रीय परिपत्रअनुसार केन्द्रीय समितिमा सिफारिस पठाउने निर्णय गरेको छ ।

    २. वर्तमान राजनीतिक परिस्थिति र युवा सहभागिता ,भाद्र २३ र २४ गते सम्पन्न Gen Z आन्दोलनले उठाएको शून्य भ्रष्टाचार, सुशासन र योग्य युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवाजलाई सकारात्मक रूपमा लिँदै, पार्टीका सबै तहमा युवा सहभागिता सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको छ । भाद्र २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको सांघातिक हमलाप्रति बैठकले गहिरो दुःख व्यक्त गरेको छ । घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

    ३. क्रियाशील सदस्यता नवीकरण लुम्बिनी प्रदेशअन्तर्गतका २६ प्रतिनिधि सभा क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणका लागि आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिनिधि खटाउने निर्णय गरेको छ । साथै खटिएका प्रतिनिधिले एक हप्ता भित्र प्रतिवेदन प्रदेश कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    ४. महाधिवेशन प्रतिनिधित्व सम्बन्धी निर्णय,नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था जस्तै प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पनि जिल्ला र क्षेत्रीय तहमा स्वतः प्रतिनिधि हुने व्यवस्था मिलाउन केन्द्रीय समितिसँग आग्रह गर्ने निर्णय गरेको छ । अन्यथा, केन्द्रभन्दा तलका निकायमा असमानता देखिने भएकाले उक्त व्यवस्था विधानबाटै खारेज गर्न पनि आग्रह गर्ने निर्णय गरेको छ ।

    ५. पन्ध्रौँ महाधिवेशन केन्द्रित अपिल बदलिँदो राष्ट्रिय परिवेशअनुसार नेपाली कांग्रेस पन्ध्रौँ महाधिवेशनतर्फ केन्द्रित भइसकेको उल्लेख गर्दै, महाधिवेशनलाई निर्धारित समयसीमाभित्र भव्य र सभ्य रूपमा सफल बनाउन सबै पक्षलाई जिम्मेवार र संयमित भई अघि बढ्न बैठकले अपिल गरेको छ । बैठकमा धारणा राख्नेहरूमा उपसभापति भुवन प्रसाद श्रेष्ठ, राजु खनाल, महामन्त्री सुरेन्द्रराज आचार्य, कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्रीहरू खगराज पाण्डे र निमा गिरी रहेका छन् ।

    त्यसैगरी प्रदेश सदस्यहरू मावध खरेल, भेषराज पौडेल, कल्प पौडेल, मोती भण्डारी, अन्जना पाण्डे, बासुदेव यादव, जिल्ला सभापतिहरू अरुण प्रकाश सिंह राठौर (बर्दिया), नारायण प्रसाद गौडेल (बाँके), अब्दुल कलाम (कपिलवस्तु), किशोर कुमार आचार्य (रोल्पा), हिमालदत्त श्रेष्ठ (पाल्पा), केशव प्रसाद श्रेष्ठ (अर्घाखाँची), जिल्ला उपसभापतिहरू विक्रम यादव (नवलपरासी पश्चिम), थानेश्वर घिमिरे (रुपन्देही), गिरीराज सुवेदी (दाङ), नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश सभापति काजिमान श्रेष्ठ, CDEN लुम्बिनी प्रदेश अध्यक्ष इन्जिनियर अमित खनान लगायतले समसामयिक विषयमा धारणा राखेको कुरा नेपाली कांग्रेस लुम्बिनी प्रदेश मुख्य सचिव मोहनराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • हिरो बन्ने सपना थियो, जीवन बचाउने पाइलट बने : क्याप्टेन विवेकको आकाशयात्रा

    काठमाडौं । बाल्यकालमा उनको सपना थियो-पर्दामा देखिने हिरो बन्ने। तर जीवनले उनको कथा अर्कै ढंगले

  • अब हरेक नेपालीको आफ्नै घर? संसद्मा पुग्यो नयाँ भवन ऐन: प्रधानमन्त्री

    काठमाडौं । सरकारले हरेक नेपाली नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को

  • अमेरिका पुगे अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि एफएटीएफसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend