Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छ : प्रचण्ड


५, पुस २०८२
  • 126
    SHARES
  • एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छ : प्रचण्ड

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) ले बाहिर जेसुकै भने पनि भित्री रूपमा निर्वाचनकै तयारी गरिरहेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित 'एकता सन्देश सभा' लाई सम्बोधन गर्दै उनले एमालेको दोहोरो चरित्रमाथि प्रश्न उठाए।

    प्रचण्डका अनुसार एमालेले सार्वजनिक रूपमा अन्य कुरा गरे पनि उसको सबै ध्यान निर्वाचनतिरै केन्द्रित भइसकेको देखिन्छ। उनले एमालेलाई 'डबल स्ट्यान्डर' नदेखाउन र मुलुकको निकासका लागि घोषित निर्वाचन प्रक्रियामा इमानदार भएर सहभागी हुन आग्रह गरे।

    अध्यक्ष दाहालले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै सबैभन्दा सहज र उत्तम विकल्प भएको बताएका छन्। नेपाली कांग्रेसले संस्थागत रूपमै निर्वाचनमा जाने निर्णय गरिसकेको र आम जनता पनि चुनावी माहोलका लागि मानसिक रूपमा तयार भइरहेको उनको बुझाइ छ। कतिपय शक्तिहरू अदालतमा गए पनि अन्तिम निकास निर्वाचन नै भएको भन्दै उनले अब सिङ्गो राष्ट्रलाई चुनावी प्रक्रियामा लैजान सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

    निर्वाचन अहिलेको राष्ट्रिय आवश्यकता बनिसकेकाले यसबाट कोही पनि पछि हट्न नहुने प्रचण्डको तर्क छ। उनले एमाले नेतृत्वलाई लक्षित गर्दै अनावश्यक अलमल नगरी चुनावी मैदानमा आउन चुनौती समेत दिएका छन्। आफ्नो पार्टी निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिँदै उनले सबै कम्युनिस्ट शक्तिहरूलाई एकै ठाउँमा उभिएर जनताको सामना गर्न समेत आह्वान गरे।

    उनले भने,‘अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता बिस्तारै निर्वाचनको लागि तयार भइराखेको छ । राजनीतिक दलहरू कोही कोर्टमा गए पनि मैले बुझेसम्म नेपाली काँग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डवल स्टयान्डरको कुरा नगरौँ, सिङ्गै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔँ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यकता बन्न गएको छ ।’

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend