Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

अहिलेको अवस्थामा चुनावमा जानुको कुनै विकल्प छैन : रवि लामिछाने


६, पुस २०८२
  • 113
    SHARES
  • अहिलेको अवस्थामा चुनावमा जानुको कुनै विकल्प छैन : रवि लामिछाने

    काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको अवस्थामा चुनावमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

    पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिमा रहेको कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले नवयुवाको आन्दोलनपछिको यो अवस्थामा चुनावमा जानुको विकल्प नरहेको बताउनुभयो ।

    देशमा सुशासन कायम गर्ने, नवयुवाका माग सम्बोधन गर्ने र चुनाव गराउने सन्दर्भमा रास्वपा सरकारसँगै रहेको भन्दै उहाँले नवयुवा विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने बताउनुभयो । चुनाव बिथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उहाँले त्यस्तो प्रयास सफल हुन नदिने बताउनुभयो ।

    लामिछाने आजै पार्टी जिम्मेवारीमा फर्कनुभएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल पर्नुभएका लामिछानेले धरौटीमा रिहा भएपछि आजदेखि पार्टीको जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँलाई पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्याल ले स्वागत गर्नुभयो ।

    यसैबीच रास्वपाको केन्द्रीय समिति बैठक चलिरहेको छ । सभापति लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend