Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभामा उम्मेदवार सिफारिस


६, पुस २०८२
  • 112
    SHARES
  • राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभामा उम्मेदवार सिफारिस

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल थापाको नाम पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ ।

    नेपाली कांग्रेसको कोशी प्रदेश समिति बैठकले थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । ‘सुनील थापाको नाम प्रदेश कार्यसमिति बैठकले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरेको छ,’ उपसभापति रायमाझीले भने ।

    थापाले केही दिनअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्ने जानकारी राष्ट्रपति पौडेललाई गराएर सल्लाहकारबाट राजीनामा दिएका थिए ।

    थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट धनकुटामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।  

     

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend