Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभा चुनावको समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बुझाउने समय भोलि र पर्सि


१२, पुस २०८२
  • 60
    SHARES
  • प्रतिनिधि सभा चुनावको समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बुझाउने समय भोलि र पर्सि

    काठमाण्डौ ।  फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने समय भोलि र पर्सि रहेको छ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रीतपूर्वक उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गर्दै बनदसूची पेश गर्ने समयसीमा पनि सम्झाएको छ ।

    आयोगले सूचना निकालेर विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको हो । आयोगका अनुसार तयार गरेको बन्दसूची तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने छ ।

    समानुपातिक तर्फको चुनावी प्रक्रियाका लागि आयोगले केन्द्रीय कार्यालय परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा चुनावसम्बन्धी कानूनी व्यवस्था र तोकिएको समय सीमाको पालना गर्न सबै सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।

    समानुपातिक तर्फका उम्मेदवारको बन्दसुची पेश गर्ने समय नजिक आइसक्दा पनि ठूला दलहरु भने चुनाव हुने नहुने विवादमा धेरै अल्झिएका छन् । मुख्य दलहरुले नै चुनावको वातावरण नबनेको बताइरहेपछि आज प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल गर्दै हुनुुहन्छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend